November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्वसांसद हरिभक्त अधिकारीको निधन

1.5K

काठमाडौं– नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ। लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए। 

विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।  

Advertisement