November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सचिवालय बैठकले टुंग्याउला नेकपा आन्तरिक कलह ?

2.7K

काठमाडौं-: प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वार्थ संघर्षले चर्किएको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादबारे छलफल गर्न सचिवालयको बैठक बालुवाटारमा बसेको छ। 

सचिवालयको बैठकमा कात्तिक २८ गते अध्यक्ष दाहालले बुझाएको प्रतिवेदन र प्रधानमन्त्री ओलीले मंसिर १३ गतेको सचिवालयको बैठकमा फर्काएको प्रतिउत्तरबारे छलफल हुने जानकारी यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए। 

नेकपामा पछिल्लो समय एकपछि अर्को विवादले पार्टी फुटको सँघारसम्म पुगिसकेको अवस्था छ। तर, शीर्ष नेताबीच विवाद चर्किँदै गए पनि दोस्रो र तेस्रो तहका नेताहरु कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरिरहेका छन्। 

Advertisement

नेकपामा पछिल्लो यसमा राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा र चितवन घटनालगायतका बिषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विमति भइरहेका छन्। 

यही विवादअघि पनि नेकपामा लामो शक्ति संघर्ष चलेको थियो। लामो शक्ति संघर्षलाई भदौ २६ को स्थायी कमिटी बैठकले सहमतिको बिन्दु दिएको थियो। तर, भदौ २६ को स्थायी कमिटीको बैठकको निर्णय कार्यान्वयनमा नभएको कारणले पार्टीभित्र पुन विवाद बल्झिएको अध्यक्ष दाहालको ठहर छ। 

स्थायी कमिटीको निर्णय कार्यान्वयन नगरेपछि प्रधानमन्त्री ओली आलोचनाको केन्द्रमा छन्। अध्यक्ष दाहालसहित बहुमत सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ यसपटक प्रधानमन्त्री ओली सच्चिनुपर्ने अडानमा छन्। 

प्रधानमन्त्री ओली सचिवालयमा मात्रै नभएर पार्टीभित्रको विवाद अल्पमतमा छन्। ओलीको पक्षमा सचिवालयको पक्षमा उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्। 

यद्यपी, पार्टीभित्रको विवादमा गृहमन्त्री बादल अहिलेसम्म कतै खुलेका छैनन्। उनी नखुल्नुलाई नेकपाभित्र अर्थपूर्ण रुपमा लिने गरिन्छ। 

पार्टीभित्रको विवादमा आएका पत्र हरुलाई स्थायी कमिटीको बैठकसम्म लागे अध्यक्ष दाहाल पक्षको योजना छ। तर, प्रधानमन्त्री ओली स्थायी कमिटीमा आफुविरुद्ध मोर्चाबन्दी हुने भयका कारणले सचिवालयमै छलफलबाट समाधानको विकल्प खोज्नुपर्ने पक्षमा छन्। 

विवादका क्रममा प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणको बिषयमा प्रवेश गराएका थिए। दोस्रो तहका नेताहरुले ओली प्रचण्डले नेतृत्व हस्तान्तरण गरे पार्टी र सरकार सञ्चालन गर्न सक्ने दाबी गर्न थालिसकेका छन्। उर्जामन्त्री वर्षमान पुनले सोमबार एक सार्वजनिक कार्यक्रमम नेतृत्व लिन तयार भइरहेको बताइसकेका छन्।