November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विष्णु पौडेलको जन्मदिनमा बालुवाटारमा काटियो केक

4.2K

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु प्रसाद पौडेल ६२ वर्षमा प्रवेश गरेका छन्। अर्थमन्त्रीसमेत रहेका पौडेलको जन्मदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मनाइएको हो।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पौडेललाई जन्मदिनको शुभकामना दिँदै केक काटिएको हो। पौडेललाई सबैभन्दा पहिले ओलीले केक खुवाएका थिए, त्यसपछि कार्यकारी अध्यक्ष दाहाले केक खुवाउँदै शुभकामना दिए। 

त्यसपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित अन्य वरिष्ठ नेताहरूले केक खुवाएर पौडेललाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना दिएको थापाले बताए।

Advertisement

त्यसक्रममा उपाध्यक्ष वामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्‍चु भन्दै शुभकामना दिएका थिए। ‘तपाईं एक सय वर्ष बाँच्‍नुहोस्,’ उनले भने, ‘अझै राम्रो काम गरेर जानुहोला।’