काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जना रहेका छन् ।
बिहीबार काठमाडौँ उपत्यकामा १४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ५२ हजार २ सय ३७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।