April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना संक्रमणबाट थप चारजनाको मृत्यु

3.8K

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट कपिलवस्तु, दाङ, गुल्मी र झापाका एक एक जनाको मृत्यु भएको छ।

रुपन्देहीको बुटवलमा रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दुईजनाको मृत्यु भएको हो। जसमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ५५ वर्षीया पुरुषको मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनी दाङको बेलझुण्डी अस्पतालमा भर्ना भएका थिए। त्यहाँ आइसियुको अभाव भएपछि सोमबार मात्र रिफर गरेर बुटवल ल्याइएको थियो।
 
यस्तै, कपिलबस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटाकी ५० वर्षीया महिलाको सोमबार राति १० बजे मृत्यु भएको छ। मंसिर १३ गते कोरोना पुष्टि भएर होम आइसोलेनमा बसेकी उनलाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो। 

भैरहवाको भिम अस्पतालमा गुल्मीको सत्यवती गाउँपालिका–३ का ९८ वर्षीय वृद्धको सोमबार राति पौने १ बजे मृत्यु भएको भिम अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिए। गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारको लागि भिम अस्पताल ल्याइएको थियो।

Advertisement