November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

परमाणु वैज्ञानिकको हत्या रिमोटनियन्त्रित हतियारले गरेको हो: इरान

3.8K

एजेन्सी–इरानले इजरायल तथा निर्वासित विपक्षी समूह मिलेर परमाणु वैज्ञानिकको हत्या गरेको आरोप लगाएको छ। परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको अन्त्येष्टिका क्रममा इरानी सुरक्षा निकायका प्रमुख अली शामखानीले उक्त कुरा बताएका हुन्।

उनले आक्रमणकारीले रिमोटनियन्त्रित हतियारको प्रयोग गरेर फखरीजादेहको हत्या गरिएको बताए। यद्यपि उनले यसबारे थप जानकारी दिएनन्। सुरुमा इरानी रक्षा मन्त्रालयले फखरीजादेहको कारलाई केही बन्दुकधारीले निशाना बनाएर गोली प्रहार गरेको बताएको थियो।

आफूलाई लगाइएको आरोपका विषयमा भने इजरायलले केही टिप्पणी गरेको छैन। सन् २००० को दशकको सुरुमा फखरीजादेहले इरानको परमाणु कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

Advertisement