काठमाडौं- लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी भएका छन्।
सोमबार भएको मतदानमा पाण्डेले ४ हजार १४० मतभार पाए। उनका विपक्षी एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६१२ मतभार पाए।
पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको पनि साथ थियो।
जम्मा ३०० मतदाता रहेको लुम्बिनीमा २९७ मत खसेको थियो। तीन स्थानीय तहका प्रमुख मतदानमा अनुपस्थित भएका थिए।
स्थानी तहतर्फ पाण्डेले ११८ र खड्काले ९३ मत पाए। यस्तै, प्रदेशतर्फ पाण्डेले ४२ र खड्काले ४० मत पाए।