November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु

2.4K

काठमाडौं– कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको छ। सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको समाचारहरुमा उल्लेख छ।

आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको हो। 
कोलम्बियाका राष्ट्रपति इभान डुकले आइतबार एक विज्ञप्ति प्रकाशन गरी कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन्।

दुर्घटनामा ज्यान गुमाउने प्रहरी प्रहरी यहाँको लागु औषधसम्बन्धी विभागमा कार्यरत अधिकारी रहेको बताइएको छ।

Advertisement

हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन्।