November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

श्रीलंकामा कैदी र सुरक्षाकर्मीबीच झडप, ८ जनाको मृत्यु

4K

कोलोम्बो- श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ। दङ्गामा मारिएका सबै व्यक्ति कैदी नै भएका सिन्हवाले जनाएको छ।

दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन्। घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन्। कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए।

राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका थिए।

Advertisement

साथै अन्य ४५ जना घाइते भएका बताइएको छ। श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब  १ हजार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताएका छन्।