April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

सुर्खेतमा कोरोनाबाट २२ वर्षे युवकको मृत्यु

9.7K

सुर्खेत – कोरोना भाइरसबाट सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका-२ का २२ वर्षे युवकको कोरोनाबाट मृत्यु भएको हो।

प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्दागर्दै बिहीबार साँझ मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबबार जारी गरेको विज्ञप्तिअनुसार उनी बुधबार एक्कासि बेहोस भएका थिए। शौचालय गएको समयमा एक्कासि मुखमा फिज आएको र बेहोस अवस्था भेटिएपछि सोही दिन राति ११ बजे  प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो। स्वास्थ्य जाँच गर्दा उनको फोक्सोको बाहिरी भागमा हावा भरिएको थियो।

Advertisement

कोरोना आशंका लागेर उनको बिहीबार नै स्वाब संकलन गरिएको थियो। तर, रिपोर्ट नआउँदै बिहीबार साँझ ५ बजे उनको मृत्यु भएको मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।