April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पोखरामा चारजना कोरोना संक्रमितको निधन

2.4K

काठमाडौं – कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

गण्डकी स्वास्थ्य निर्देशनालका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रमममा आइतबार दिउँसो ४ः३३ बजे मृत्यु भएको छ। 

यस्तै पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको प्रतिष्ठानमै आइतबार राति ९ः४५ बजे मृत्यु भएको छ।  यसै गरी  स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार बिहान २ः१० बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ। 

Advertisement

यस्तै पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको निर्देशनालायले विज्ञप्ती निकालेर जानकारी दिएको छ।