काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सव तथा २२औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताए।
सरकारको सामथ्र्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गरे । उनले भने, ‘समस्या समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो।’
उनले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ शैह्याको अस्पताल निर्माण गर्ने योजना अनुसार आज देशभर नै शिलान्याश गर्न लागिएको जानकारी दिए।
सो कार्यका लागि अर्थ मन्त्रालयले ५८ अर्ब बराबरको बजेट व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो । उनले कम बोल्ने र बढी भन्दा बढी काम गर्ने पहलमा आफू रहेको बताए ।