November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुदूरपश्चिममा मन्त्रीसहित एमालेका तीन जना साधारण सदस्यबाटै निष्कासित

3.8K

धनगढी: पार्टी निर्णय विपरित जाने नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसहित तीन जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ।

निष्कासित हुनेमा प्रकाश बहादुर शाह, कृष्ण सुवेदी र माया भट्ट छन्। यसैबीच माधव नेपाल पक्षमै विवादपछि कृष्ण सुवेदी र माया भट्ट आजै  मन्त्री पदबाट राजीनामा दिएका छन्। तीन जनाले आजै स्पष्टीकरण बुझाएका थिए।

शाहले भने आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएर आजै आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

Advertisement

जेठ १० गते पार्टीको स्थायी कमिटी बैठकको निर्णय अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए।

‘स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो’, उनले भने। ‘उहाँहरुले पार्टीको निर्णय भन्दा बाहिर गएको हुँदा कारबाही गरेको हो ।’