काठमाडौं – राजावादीहरुको एउटा समूहले काठमाडौंको माइतीघर मण्डलमा सोमबार प्रदर्शन गरेको छ।
राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएका युवाहरुको समूहले गणतन्त्र र संघीय शासन व्यवस्थाविरुद्ध चर्को नाराबाजी गरेका हुन्।
राजतन्त्र पुनस्थापना माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न स्थानबाट जुलुस निकालेर माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शन हुने भएपछि बबरमहल, सिंहदरबार, थापाथलीसहितका विभिन्न चोकमा सयौं प्रहरी तैनाथ गरिएको छ। कडा सुरक्षा व्यवस्थाका बावजुद उनीहरु माइतीघरमा जम्मा भएर प्रदर्शनमा उत्रिएका हुन्।
आगामी मंसिर २० गते राजावादीहरुले बृहत् प्रदर्शन तयारी गरेका छन्। त्यसकै पूर्वतयारीस्वरुप यो प्रदर्शन गरिएको बताइएको छ।