November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले स्थायी कमिटी बैठक बस्दै

4.5K

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थि निवासमा बस्ने गरी सोमबार बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। दिउँसो ४ बजे बस्ने स्थायी कमिटी बैठकले यसअघि स्पष्टीकरण सोधिएका नेतामाथि हुने कारबाहीको विषयमा निर्णय गर्ने सचिव तामाङले बताए।

आजको बैठकले विपक्षीले गठबन्धनको तयार गरेको रिटमा हस्ताक्षर गर्ने थप सांसदलाई समेत कारबाही प्रक्रिया अघि बढाउने तामाङको भनाइ छ। बैठकमा चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे समेत छलफल हुने तामाङले बताए।

यसअघि ८ जेठमा बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरण बुझाउन दिइएको समय समाप्त भइसकेको छ।

Advertisement

यसअघिको बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।