काठमाडौं – सरकारले कोरोना जाँचका लागि आजदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ। काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन करिब ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिए।
काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि एन्टिजेन परिक्षण शुरु हुन लागिएको पाण्डेले बताए। उनका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चावहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा आज एन्टिजेन परिक्षण हुनेछ।
पहिले काठमाडौं उपत्यकामा परिक्षण गरिने र त्यसको प्रभावकारिताको अवस्था हेरेर उपत्यका बहिर पनि यो परिक्षण विधि प्रयोग गरिने महाशाखाले जनाएको छ। सातै वटा प्रदेशमा एन्टिजेन परिक्षणका लागि तालिम शुरु भइसकेको पनि डा. पाण्डले जानकारी दिए।