November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माधव नेपालसहित ११ नेतालाई स्पष्टीकरण पत्र पठाउँदै एमाले

2.6K

काठमाडौं–  एमालेले माधव नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ। शनिवार सम्पन्न स्थायी कमिटी बैठकको निर्णय अनुसार आज स्पष्टीकरण पत्र पठाइने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। तीमध्ये कतिपयले हस्ताक्षर गरेको छैन भनेका, कतिपयले नेपाललाई प्रधानमन्त्री बनाउने सर्तमा हस्ताक्षर नगरेको बताएकाले  ११ जनालाई मात्र स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरणको पत्र पठाउने निर्णय बैठकले   गरेकाे थियाे।जवाफ आएपछि बस्ने बैठकले कारबाहीसम्बन्धी निर्णय गर्ने सचिव तामाङले बताए।

Advertisement