November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्रीमा देउवाको दाबी राष्ट्रपति कार्यालयमा दर्ता

3.1K

काठमाडौं- प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी राष्ट्रपति कार्यालय शीतलनिवासमा दर्ता भएको छ।

१४९ सांसदको हस्ताक्षरसहित देउवा राष्ट्रपति कार्यालय पुगेका थिए। देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतलनिवास पुगेका थिए।

कांग्रेसका ६१, माओवादीका ४९, माधवकुमार नेपाल पक्षका २७ र जसपाका बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष १३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।

Advertisement

यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई १५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन्।