April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेफिन यूकेले नयाँ नेपाली राजदूत र उपनियोग प्रमुखसित भर्चुअल साक्षात्कार गर्दै

9.1K

लण्डन – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले बेलायतका लागि नयाँ नेपाली राजदूत लोकदर्शन रेग्मीसंग एक भर्चुअल परिचयात्मक तथा भेटघाटको आयोजना गरेको छ ।

आगामी मे १५ मा हुने उक्त कार्यक्रममा नेफिन यूकेका पूर्व अध्यक्षहरु, वर्तमान र पूर्व कार्यसमितिहरु, सल्लाहकारहरु र महासंघमा आवद्द दशै वटा सदस्य संगठनका अध्यक्षहरुको उपस्थिति रहने महासंघका महासचिव खुशी लिम्बूले बताए ।

कार्यक्रममा नेपाली राजदुतावासकी उपनियोग प्रमुख रोशन खनाल पनि राजदूत रेग्मीका साथ उपस्थित हुनेछिन् । उपनियोग प्रमुखको बेलायत आगमन केही समयपहिले निवर्तमान राजदूत डा. दुर्गाबहादुर सुवेदीकै कार्यकालमा भएको भएपनि नेफिन यूकेसंग यो उनको पहिलो औपचारिक भेटघाट हुनेछ ।

Advertisement

कार्यक्रम शनिवार दिउँसो २ देखि ३ बजेसम्मका लागि तय गरिएको छ । त्यसो त उक्त दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नेफिन यूकेको संघीय परिषदको बैठक पनि बस्दैछ । नेफिन यूकेको पाँचौं महाधिवेशन नजिकिंदै जाँदा वर्तमान विधानमा आवश्यक संशोधन बारे छलफल गर्न उक्त बैठक डाकिएको महासचिव लिम्बूले बताए ।