April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमितको मृत्यु

2.3K

सुनसरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिबास–२ की २२ वर्षीया सुत्केरीको आज बिहान २:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा पठाएको थियो ।

Advertisement

प्रतिष्ठानमा लगिएपछि गत मंसिर २ गते गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।