November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राजीनामा दिँदा ओलीलाई सहज हुने देखियपछि अनुपस्थितको विकल्प रोजेको मेटमणि चौधरीको टिप्पणी

2.8K

काठमाडाैं– माधव नेपाल पक्षका नेता मेटमणि चौधरीले सांसद पदबाट राजीनामा दिँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन सजिलो हुने देखेपछि अनुपस्थित हुने विकल्प रोजेको बताएका छन्।

सिंहदरबारमा भएको छलफलपछि बोल्दै चौधरीले आफूहरुले कुनै पनि रुपमा ओलीको बर्हिगमन चाहेकाले त्यसको विपक्षमा उभिनका लागि विश्वासको मतदान प्रक्रियामा सहभागी नहुने उनको जिकीर छ।

नेपाल पक्षका २५ जना उपस्थित नहुने उनले दावी गरे। ओलीको बहिर्गमन नै अहिले महत्त्वपूर्ण हो। हाम्रो पक्षका कुनै पनि सांसदको उपस्थिति हुदैन’, चौधरीले भने, ‘अविश्वासको प्रस्ताव सवैभन्दा उत्तम विकल्प भएकाले त्यसमा आफूहरुको सहयोग रहनेछ।’

Advertisement

ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा आफूहरु छलफल गर्न तयार रहेको उनले बताए। ‘उनको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता हुन्छ,’ उनले भने, ‘पार्टी फुटाउने वा अन्य कुनै नभई एमालेभित्र रहेर सर्घष गर्ने निर्णय अनुसार अनुपस्थित हुन लागेका हौं। ’