March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

जीव बेल्बासे वेलिङटन वार्ड काउन्सिलरमा बिजयी

7.7K

बेलायतमा हिजो ६ मे का दिन भएको स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका नेपाली मूलका उम्मेदवार जीव बेल्बासे आफ्नो रशमूर बरो काउन्सिलको वेलिङटन वार्डका लागि काउन्सिलर पदमा बिजयी भएका छन् ।

शुक्रबार बेलुकी सार्वजनिक परिणाम अनुसार बेल्वासे ५ सय ८७ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले मात्र ४ सय २ मत पाए भने अर्का प्रत्यासीले ८१ मत प्राप्त गरे । निर्वाचन कमिटीका अनुसार बेल्वासे उम्मेदवार रहेको वडामा पोस्टल र प्रत्यक्ष गरी जम्मा १ हजार ७९ मत खसेको थियो ।

इङल्याण्डको दक्षिण–पूर्वी क्षेत्री ह्याम्पशायर काउण्टी अन्तर्गत पर्ने नेपालीको सबैभन्दा बढी जनघनत्व भएको रशमूर बरो काउन्सिलबाट काउन्सिलर पदका लागि मैदानमा उत्रिएका जीव बेल्वासे हाल सत्तारुढ कन्जरर्भेटिभ पार्टी (टोरी) को प्रतिनिधित्व गरेका थिए ।

Advertisement

विगत दुई दशकदेखि निरन्तर अल्डरसटमा रहँदै आएका बेल्बासे ग्रेटर रसमोर नेप्लिज कम्युनिटीको पूर्व हुन् । उनकै पहलमा नेपाली वृद्दवृद्दाहरुलाई कोभिड बिरुद्दको खोप अभियान सफल भएको थियो ।

उनले समुदायका लागि बाहिर बसेर धेरै योगदान गर्दै आएपनि काउन्सिलर भएरै स्थानीय जनताको सेवा गर्ने यो अवसर उनको लागि पहिलो हो ।

“मलाई काउन्सिलर पदको स्थानीय निर्वाचनमा प्रत्यक्ष एवम परोक्ष रुपमा मलाई सहयोग गर्नु हुने सबैमा म हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु । मलाई स्थानीय, नेपाली समुदाय र अग्रजहरुले जुन सहयोग एवं उर्जा प्रदान गर्दै सम्मानित मतका साथ बिजयी गराउनुभएको छ, उहांहरुप्रति निकै आभारी छु र सोही बमोजिम आफ्ना जिम्मेवारीहरु पुरा गर्नेछु” – उनले आफ्नो सामाजिक सञ्जालहरुमा भनेका छन् ।