नैनकला राई / नोभेम्बर २८ ,कुवेत। कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
कोरोना महामारीको समयमा सहयोगी भावना बोकेर बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको लागि नेपालीहरुको चाड तिहारको अवसरमा कम्पनीकै महिलाहरुको आवासभित्र सिर्जना सुनार र साथीहरु मिलेर देउसी-भैलो खेली संकलन गरिएको सहयोगार्थ रकम कुवेती १सय ६ दिनार ७५० फिल्स (नेपाली रुपैया ४० हजार ४ सय ५८ रुपैयाँ) बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको नाममा रहेको खाता नम्बर २०६५००००००३१५२४ बैंक अफ काठमाण्डु लिमिटेड शाखा परासी, खातामा जम्मा गरिएको उनले जानकारी दिएकी छन् ।
सहयोगी भावना बोकेकी सिर्जना सुनार लगाएत साथीहरुले सियोनाको बचाउका लागि सानै भएपनि सहयोग गरेर पर्खालमा इटा थप्न सफल पारिदिनु हुने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गरेकी छिन् ।