April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लुम्बिनी प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद विस्तार : थपिए तीन मन्त्री

8.6K

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पोखरेलले मंगलबार नेकपा एमालेको तर्फबाट तीन मन्त्री नियुक्त गरेका हुन् । पोखरेलले आन्तरिक मामिला  तथा कानुन मन्त्रालयको जिम्मेवारी चेतनारायण आचार्यलाई दिएका छन् भने स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयको जिम्मेवारी भोजप्रसाद  श्रेष्ठलाई दिएका छन् । त्यस्तै धर्मबहादुर पाल श्रीवास्तव  वनमन्त्री  बनेका छन् । योसँगै मुख्यमन्त्री पोखरेलको नेतृत्वमा १० सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

यसअघि सोमबार कल्पना पाण्डे लम्साल शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरिएको थियो । 

आइतबार पोखरेलले वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना, सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार विकास, हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएका थिए । मंगलबार नियुक्त गरिएका मन्त्रीलाई बुधबार विहान ११ बजे सपथ ग्रहण गराउने सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

Advertisement