April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मुख्यमन्त्री पोखरेललाई कडा सुरक्षा घेराबीच निवासमै सपथ

4.1K

बुटवल । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले  विपक्षी दलहरूको धर्नाका बाबजुद निवासमै  पुगेर शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाएका छन् । आइतबार  साँझ मुख्यमन्त्रीको निवासमा पोखरेलले सपथ लिएका हुन् । प्रदेश प्रमुख यादव सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्री निवास पुगेका थिए ।

दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ ठुलो संख्यामा सुरक्षाकर्मी बोलाएर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको निवास लगिएको हो । बल प्रयोग गरिएपछि सांसदहरुले प्रदेश प्रमुख र प्रहरी दमनको विरोधमा नाराबाजी गरेका छन् ।  सातै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि सपथ लिएका छन् ।

Advertisement