November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए युके महासचिव पदमा मुकुन्द बाँस्तोलाको दावी

6.4K

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी निर्वाचनमा महासचिव पदमा डा. मुकुन्द बाँस्तोलाले उम्मेद्वारी दिने घोषणा गरेका छन् । बेलायती विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका बास्तोलाले आज एक विज्ञप्ति मार्फत उक्त जानकारी गराएका हुन् ।

“सामाजिक संस्थाहरुलाई जिम्मेवार र विश्वसनीय बनाई गैरआवासीय नेपालीहरुको हितमा लगाउन डायस्पोराका नेपाली समुदाय सग समन्वय गरी अघि बढछु”, बास्तोलाले विज्ञप्तिमा भनेका छन् ।

उनले नेपाली समुदायसंग हातेमालो गर्ने गरी औपचारिक कार्यक्रम मार्फत ठोस योजना सार्वजनिक गर्ने बताएका छन् । उनको उक्त योजनाले गैरआवासीय नेपालीलाई एकाकार गराउने उनको आशा छ ।

Advertisement

कार्डिफ युनिभर्सिटिबाट विद्यावारिधि गरेका डा. बास्तोला सुविख्यात बहुराष्ट्रिय कम्पनी जोन्सन ग्रुप युकेका आर्थिक परामर्शदाताका रुपमा कार्यरत छन् । उनी बेलायतका विभिन्न विश्वविद्यालयमा निरन्तर खोज तथा अनुसान्धनमा सकृय छन । उनी आर्थिक तथा शैक्षिक मामलामा विशेष दखल राख्दछन् ।

उनले विज्ञप्तिमा गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिलाउन निरन्तर काम गरिरहेको र नेपाल सरकारसंग समेत नियमित सम्पर्कमा रही काम गरिरहेका दावी गरेका छन् । बास्तोलाकै पहलमा गत महिना नागरिकता निरन्तरताका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा त्यस क्षेत्रका विशेषज्ञहरुसंग अन्तरक्रिया गरेका थिए ।

को हुन् डा. मुकुन्द बाँस्तोला ?

युरोपियन नेपाली अनुसन्धान परिषद्का अध्यक्ष डा. मुकुन्द बाँस्तोला हाल बेलायतको सबैभन्दा पुरानो संस्था यति नेपाली एसोसिएसन युकेका महासचिवका पनि हुन्। त्यस्तै उनी बेलायतस्थित ग्राजुयट इन्टरपेनर्सहरुको संस्था जेन्स युकेका सल्लाहकार हुन् र कास्की आदर्श समाज अन्तरराष्ट्रिय परिषदमा पनि आबद्द छन् ।

नेपालमा सोलार पावर, अर्गानिक फार्मलगायतका क्षेत्रमा लगानी गर्दैआएको बेलायती सहकारी संस्था नेप्लिज कोअपरेटिभ ग्रुप (एनसिआईं) को महासचिवको रुपमा पनि सेवारत छन ।

बास्तोला २००९ बाट निरन्तर रुपमा सकृय डा. लागिरहेको दावी गर्दछन् । उनी अहिले एनआरएनए युके राज्य समन्वय विभागका संस्थापक सचिव हुन र एनआरएनए युकेका चार राज्य समन्वय परिषद् गठन २०१७–२०१९ मा निकै ठुलो भुमिका खेलेको बताउँछन् ।