इंग्ल्याण्डमा एनएचएस टेस्ट र ट्रेस साप्ताहिक तथ्यांकले देखाएअनुसार गत सेप्टेम्बर महिनादेखि संक्रमितहरूको संख्या हप्तामा ९% कम भएको छ। साथै, इंग्ल्याण्डमा गरिएको तीव्र परीक्षणको संख्या २१ अप्रिलमा हप्तामा १ मिलियनबाट बढेर ५.८ मिलियन पुगेको पनि सोही तथ्यांकले देखाएको छ ।
इंग्ल्याण्डका ४२ वर्षका मानिसहरूलाई कोभिड ज्याब दिन शुरुभए साथै स्वास्थ्य सचिव म्याट हानककले प्रो जोनाथन भान-टामबाट पहिलो पटक कोभिड ज्याब लाएका छन्।
तर भारतले आज मात्रै ३,७९,२५७ नयाँ संक्रमणहरू रेकर्ड गरेर कोभिड मामिलामा अर्को उच्च वृद्धि भएको विश्व रेकर्ड राखेको छ भने आज समेत मृत्यु हुनेहरुको संख्या २००,००० माथि रहेको छ।
टर्कीले संक्रमण र मृत्युको वृद्धि रोक्न बिहिवारबाट मे १७ सम्म यस महामारीको पहिलो पूर्ण राष्ट्रिय लक्डाउन गर्ने तयारी गर्दैछ।
(बिबिसी युके)