April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा अठारौँ अनलाइन खबरपत्र ब्रिटिश खबर डट कमको सुभारम्भ

3.9K

लण्डन – अनलाइन खबरपत्रहरुको भीडमा बेलायतबाट एउटा अर्को नामको एक अनलाइन सुरु भएको छ । नेपाल प्रेस युनियन यूकेका अध्यक्ष बिपिन निरौलाको सम्पादनमा सुरु भएको अनलाइन खबरपत्र ब्रिटिश खबर डट कम बेलायतबाट सञ्चालित सबैभन्दा कान्छो अनलाइन हो ।

यसअघिका अनलाइन खबरपत्रहरुमा नेपाल मामिला, नेपाल ब्रिटेन, वी नेपाली, एभरेस्ट टाइम्स, नेपाली समाचार, दर्पण संसार, नेपाल संसार हिमालय मेल, शीतलपाटी न्युज, च्यानल लण्डन, लण्डन नेपाल न्युज, सिलौटी टाइम्स, सिलिचुङ, ट्वेण्टीफोर न्युजप्रेस, नेपाली लिंक, ग्लोबल दैनिक र ग्लोबल नेप्लिज अहिले सक्रिय छन् ।

उक्त अनलाइन खबरपत्र ब्रिटिश खबर डट कमको बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले आइतबार एक भर्चुअल समारोहबीच शुभारम्भ गरेका हुन्। कार्यक्रममा राजदूत रेग्मीले समाज रुपान्तरणको लागी र सिंगो जगतलाई सुसोश्चित बनाउन नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहेको बताए ।

Advertisement

रेग्मीले पत्रकार र पत्रकारीताको गरिमालाई स्मरण गर्दै समाज रुपान्तरण गर्न र सिंगो जगतलाई सुसोश्चित बनाई सिर्जनात्मक पक्षको ढोका खोल्न, सुधारका अभियानहरु अगाडि बढाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

त्यसैगरी वरिष्ठ लेखक तथा साहित्यकार गैर–आवसीय नेपाली संघ (एनआरएनए) का संस्थापक पूर्व अध्यक्ष एवमं वर्तमान संरक्षक जीवा लामिछानेले कार्यक्रममा पत्रकार जगतले एनआरएनएलाई अगाडि बढाउन पु¥याएको योगदानको प्रसंशा गर्दै आज एनआरएनए विश्वका विभिन्न देशमा विस्तार भई पाएको सफलताका लागी मिडियाको धेरै ठूलो हात रहेको बताए । उनले भने “एनआरएनएले उठाएका अभियान मुद्दाहरु जति थिए ति मुद्दाहरु यर्थाथ हुन् , विदेशमा बसे पनि नेपाली मन लिएर बसेका छन् विदेशी भूमिमा नेपाली मनको जरा गाडिएको छ भन्ने अभियानलाई मिडियाका साथिहरुले सकरात्मक रुपमा उठान गरेकाले एनआरएनए संस्थाको अवस्था अहिलेको अवस्थामा रहेको हो ।”

एनआरएनएको स्थापनालाई सम्झदैँ लामिछानेले भने “लण्डनमा बसेको एउटा सानो बैठकले रोपेको एउटा बिरुवा आज विश्वका ८२ वटा देशमा फैलिएको विशाल वृक्ष भएको छ । यसको सफलताका पछाडि मिडियाको ठूलो हात छ ।” पछिल्लो एक दशकमा प्रविधिले फड्को मारेको बताउँदै आफुहरु पनि समय अनुसार चल्नुपर्ने समेत बताए । आवश्यक परेको ठाउँमा मिडियाले सल्लाह, सुझाव र आलोचना पनि दिन आग्रह गरे ।

बेलायतका वरिष्ठ समाजसेवी चिरन्जिबी ढकालको अध्यक्षता सम्पन्न उक्त भर्चुअल समारोहमा एनआरएनएका केन्द्रिय सल्लाहकार कुल आचार्य , ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष उद्योगपती राजेन्द्र खेतान, एनआरएनए युकेका संस्थापक अध्यक्ष तथा बेलायतका लागि नेपाल टुरिजम बोर्डका अनररी प्रतिनिधि महन्त श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए।

नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रिय अध्यक्ष बिपुल पोख्रेल, केन्द्रिय महिला सचिब सृजना अर्याल , युके शाखाका अध्यक्ष नरेश खपांगी मगर , युकेकै वरिष्ठ उपाध्यक्ष श्याम लुइंटेल , बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा , पत्रकारहरु बाचस्पती रेग्मी , खुशी लिम्बु , प्रेश युनियन बेलायतका उपाध्यक्ष एभरेस्ट गौतम लगायतले समेत ब्रिटिशखबरले सत्य र निष्पक्ष समाचार प्रकाशनका लागी शुभकामना दिएका थिए।

नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रिय अध्यक्ष बिपुल पोख्रेल, केन्द्रिय महिला सचिब सृजना अर्याल , युके शाखाका अध्यक्ष नरेश खपांगी मगर , युकेकै वरिष्ठ उपाध्यक्ष श्याम लुइंटेल , बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा , पत्रकारहरु बाचस्पती रेग्मी , खुशी लिम्बु , प्रेश युनियन बेलायतका उपाध्यक्ष एभरेस्ट गौतम लगायतले समेत ब्रिटिशखबरले सत्य र निष्पक्ष समाचार प्रकाशनका लागी शुभकामना दिएका थिए।

एनआरएनएका युरोप उप-संयोजक शुक्र राज न्यौपाने , एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष कुबेर कार्की , एनआरएनए युकेका उपाध्यक्षहरु प्रेम गाहा मगर र नारायण कंडेल , इंग्ल्यान्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष एलबीजेड गुरुङ ले समेत शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा यती नेपाली एशोशिएशनका अध्यक्ष ध्रुब केसी ,तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङ ,मगर संघ युकेका अध्यक्ष सुनिल राना, आदिबासी जनजाती महासंघका अध्यक्ष जंग सुनुवार, स्याङ्गजा समाजका अध्यक्ष शारदा गुरुङ र समाजसेवी डेबिड गुरुङ लगायतका व्यक्ति हरले समेत शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा नेपाली जनसम्पर्क समितीका कार्यबाहक अध्यक्ष महेश दाहाल , प्रबासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनीले शुभकामना ब्यक्त गरेका थिए भने समाजसेवीहरु शुरेश गौतम र शुरेशजंग शाह, धन शार्की, तथा पहिलो नेपाली ब्यारिष्टर राजु थापाको पनि उपस्थिति रहेको थियो।

बरिष्ठ पत्रकार भगीरथ योगीले कार्यक्रममा ब्यक्त अभिव्यक्ति सहितको एक रिपोर्ट प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए ।