November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बिएण्डसी हस्पिटलले १०० विपन्न परिवारको स्वास्थ्य बिमा गरिदने

3.8K

झापा : बिर्तामोडस्थित बिएण्डसी हस्पिटलले झापाका १०० विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिने भएको छ। हस्पिटलले सोमबार पत्रकार सम्मेलन लोपोन्मुख तथा विपन्न समुदायका परिवारलाई बिमा गरिदिने घोषणा गरेको हो।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले हुने खानेले मात्र स्वास्थ्य बिमाको सेवा लिन हस्पिटल आउने गरे पनि विपन्न समुदायका सदस्यलाई पनि सरकारले दिएको उक्त सेवाबाट भएको बताए। ‘बिमा नहुँदा उनीहरू सुविधायुक्त स्वास्थ्य सेवा लिनुबाट बञ्चित हुनु परेको छ,’ उनले भने‚ ‘त्यसैले उनीहरूको बिमा गरिदिन लागेको हो।’

हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो चरणमा १०० जना विपन्न समुदायको पहिचान गरी बिमा गरिदिने र दोस्रो चरणमा सोही संख्यामा बिमा गरिदिने प्रसाईले बताए।

Advertisement

अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीका अनुसार बिमाबापत पाँच जनाको परिवारलाई ३५ सयका दरले सरकारलाई हस्पिटलले रकम बुझाइदिने छ।