November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेकपा एमालेद्धारा संसदीय समितिहरुको पुर्नगठन

3K

काठमाडौँ – नेकपा एमालेले संसदीय समितिहरुको पुर्नगठन गरेको छ । एमालेले गत फागुन २३ गते सर्वोच्च अदालतकाे फैसलाले एमालेको संसदमा भएको प्रतिनिधित्वको अनुपातमा रहेका समितिमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेको छ ।

संसदीय सुनुवाईबाट सरकारलाई असहयोग भएको गुनासो गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसदलाई समितिमा पठाएका छन् ।

कार्यव्यवस्था परामर्श समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, विशाल भट्टराई र शान्ता चौधरी छन् । त्यस्तै संसदीय सुनुवाई समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राई रहेका छन् ।

Advertisement

संसदीय सुनुवाई समितिबाट सुरेन्द्र पाण्डेको नाम हटाइएको छ । प्रधानमन्त्री अ‍ोलीले ६ महिनाका लागि निलम्बन गरेपछि उनलाई समितिबाट हटाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जनाको नाम थपेर पठाइएको छ । जसमा खेम लोहनी, महेश बस्नेत र दामोदर भण्डारी रहेका छन् ।

यस्तै सार्वजनिक लेखा समितिमा गोकुल बाँस्कोटा र राजेन्द्र गौतम रहेका छन् । महिला तथा सामाजिक समितिमा जानकी देवी राम रहेकी छन् ।

राम केही दिनअगाडि एमालेको समानुपातिक कोटाबाट सांसद भएकी थिइन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा घनश्याम भुसाल र योगेश भट्टराई र अर्थ समितिमा मोतिलाल दुगडलाई राखिएको छ ।

एमालेले सभामुख अग्नि प्रसाद सापकोटालाई चैत २५ गते पत्र लेखेर समिति सदस्यहरुको नाम प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न आग्रह गरेको थियो । तर, सभामुख सापकोटाले चैत २६ गतेको बैठकमा उक्त नामबारे प्रस्तुत गरेनन् ।