November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

3.1K

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। 

साथै आजको पदाधिकारी बैठकमा भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे पनि छलफल गर्ने तयारी गरिएको छ।

Advertisement

बैठकमा समसामयिक राजनीति, नयाँ सरकार गठनका लागि विपक्षी दलहरुबीच जारी परामर्शबारे पनि छलफल हुने बताइएको छ।

बैठकमा सभापति शेरबहादुर देउवा निवासमा माओवादी केन्द्र र जसपासँग भएको भेटका बारेसमेत औपचारिक जानकारी गराउने बताइएको छ।

दुई दिनअघि माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि कांग्रेसले छलफल गरेको थियो।