April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना संक्रमण भएको ६ महिनाभित्र ३४ प्रतिशतमा मस्तिष्कसम्बन्धी वा मानसिक समस्या

2.3K

लण्डन- कोरोना भाइरसबाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ।

द ल्यानसेट साइक्याट्रिक जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमण भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्कसम्बन्धी वा मानसिक समस्या देखिएको हो।

अघिल्लो वर्ष सोही अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनले संक्रमणमुक्त भएका २० प्रतिशतलाई तीन महिना भित्र नै मनोवैज्ञानिक समस्या आउने गरेको पत्ता लगाएको थियो।

Advertisement

अध्ययनकर्ताका अनुसार १४ प्रतिशतमा मनोदशा परिवर्तन भइरहने समस्या देखिएको छ। १३ प्रतिशतले यसअघि कहिले पनि नदेखिएको मानसिक समस्या देखिएको छ। यस्तै ०.६ प्रतिशत मानिसमा ब्रेन ह्यामरेज, २.१ प्रतिशतमा हृदयघात, ०.७ लाई डिमेन्सियाको समस्या देखिएको छ।

‘अधिकांश व्यक्तिमा जोखिम थोरै भएपनि धेरैमा यो समस्या हुन सक्छ। ब्रेन ह्यामरेज, हृदयघात र डिमेन्सियाको घटना बिरलै छ। तर, कोरोनाको असर गम्भीर देखिएका मानिसलाई भने मष्तिष्कघात हुने जोखिम बढी हुनसक्छ,’ अध्ययनमा भाग लिएका अक्सफोर्ड विश्वविद्यालयका मनोचिकित्साका प्राध्यापक पउल ह्यारिसनले भने।

स्वतन्त्र अध्ययनकर्ताहरुले यो निष्कर्ष चिन्ताजनक रहेको बताएका छन्।

‘यो धेरै महत्त्वपूर्ण खोज हो। यो कुनै पनि व्यावहारिक शंकाभन्दा पनि कोरोनाले मष्तिष्कका दुबै भागलाई समान मात्रामा प्रभाव पार्छ भन्ने पुष्टि भएको छ,’ किंग्स कलेज लण्डनका मनोचिकित्सक साइमन वेस्लीले भने।

यता एमयूक्यू मेन्टल हेल्थ रिसर्च संस्थाका प्रमुख कार्यकारी लिआ मिलिगनले यो विषयमा अझै अनुसन्धान गर्नुपर्ने बताए।