वाग्मती – नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा पनि छुट्टै कमिटी बनाउने तयारी गरेको छ ।
आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्ने बागमती प्रदेशस्तरीय स्थायी समिति बैठकले पार्टीको बागमती प्रदेश कमिटी घोषणा गर्ने लागेको एक नेताले जानकारी दिए ।
वाग्मती प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालमध्ये एक जनालाई अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
त्यस्तै, सिन्धुपाल्चोकमा झम्क नेपाल, नुवाकोटमा नारायण खतिवडा, मकवानपुरमा मनु सिग्देल, सिन्धुलीमा खड्ग खत्री र सूर्य पाख्रिनमध्ये एकजनालाई नेपाल समूहले अध्यक्ष बनाउने तयारी गरेको स्रोतको दाबी छ ।
दोलखामा भीम दाहाल र प्रोणप्रसाद केसीमध्ये एकजना, भक्तपुरमा ध्रुव विस्टलाई अध्यक्ष बनाउने नेपाल समूहको तयारी छ ।
नेपाल समूहले काठमाण्डुमा वसन्त मानन्धरलाई अध्यक्ष र कुसुमकुमार कार्कीलाई सचिव बनाइसकेको छ । माधव नेपाल समूहले संस्थापन पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कदमप्रति विरोध जनाउँदै देशभर समानान्तर कमिटी बनाउने घोषणा गरेको छ ।