November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री ओलीले दलबाट फालेर आफू नहट्ने नेपालको ठहर

1.6K

काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दलबाट फालेर आफू नहट्ने बताएका छन्।

आइतबार काठमाडौं जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलामा नेता नेपालले भने,‘केपी ओलीले फालेर हामी फालिने हौं? केपी ओलीले हामीलाई पार्टीमा ल्याएका हुन्?’

पार्टीको आधिकारिकता आफ्नो पक्षमा हुने उनले दाबी गरे। कानुनले आधिकारिकता नदिने परिस्थितिमा बेग्लै बाटो खोजिने उनले बताए।

Advertisement