काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनको आधार बनाएको अनेरास्ववियुका संयोजक ऐन महरले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष प्रचण्डले अवैधानिक रुपमा पार्टी एकताको आधार भंग गरेको आरोप लगाएका हुन्।
पार्टीको सचिवालय बैठकमै अवैधानिक रुपमा प्रस्तुत भएको कथित राजनितिक प्रतिवेदन भनिएको ‘आरोप पत्र’को प्रधानमन्त्री केपी शर्मा आलीले खारेज गरिसकेको उनले बताएका छन्।
अध्यक्ष दाहालसहितको बहुमतको सदस्यको आरोप पत्रको प्रधानमन्त्री ओलीले उचित जवाफ यही मंसिर १३ गते सचिवालय बैठकमा दिने तयारी रहेको समेत उनले बताएका छन्।
अध्यक्ष दाहालले हतार हतार पुस्तकमा प्रकाशन गरेर तल्ला कमिटीमा छलफलका लागि पठाउने काम अवैधानिक अमर्यादित अनुशासनहीन भएको उनको तर्क छ। उनले प्रचण्डले आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम गरेको दाबी गरेका छन्। नेता महर प्रधानमन्त्री ओलीनिकट मानिन्छन्।
‘पार्टीको सचिवालय बैठकमै अवैधानिक रुपमा प्रस्तुत भएको कथित राजनितिक प्रतिवेदन भनिएको आरोप पत्र जसलाई सचिवालयको बैठकमा पार्टीका सिनियर अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले खारेज गरिसक्नु भएको छ’ उनले भनेका छन्, ‘र त्यसको उचित जवाफ दिने भनी यही मंसिर १३ गते सचिवालय बैठक समेत आह्वान गरिसकेको परिस्थितिमा हतार हतार त्यसलाई पुस्तकमा प्रकाशन गरेर तल्ला कमिटीमा छलफलका लागि पठाउने काम अवैधानिक अमर्यादित अनुशासनहीन र पार्टी एकता भंगको आधार निर्माण गर्नु भएको छ र प्रचण्डले आफ्नो खुट्टामा बन्चरो हान्ने काम आफैले गर्नु भएको छ।’