November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओली कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने दिशामा लाग्नुभयोः सुरेन्द्र पाण्डे

4K

काठमाडौं- नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने दिशामा अघि बढेको टिप्पणी गरेका छन्।

बिहीबार एमाले नेता पाण्डे र घनश्याम भुसाललाई ओलीले पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै पाण्डेले यसलाई पूर्वनियोजित र अपेक्षित नै रहेको बताएका छन्।

उनले ओली लामो समयदेखि गुटपरस्त रहेको दाबी समेत गरेका छन्। गुटबन्दी गर्दागर्दै ओलीले नवौं महाधिवेशनबाट पार्टी कब्जा गरेको पाण्डेको आरोप छ।

Advertisement

एमाले अध्यक्ष ओलीले पाण्डे र भुसालको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।