November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बागमती प्रदेशका मुख्यमन्त्रीको अविश्वास प्रस्ताव फिर्ता

3.9K

काठमाडौं–नेकपा (एमालेका) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिएका छन्।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै राजनीतिक अवस्था परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको प्रदेश सभा सदस्य अरुण नेपालले बताए।

तत्कालीन नेकपाले अविश्वासको प्रस्ताव राखेकोमा सर्वाेच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएकाले प्रस्ताव फिर्ता लिनुपरेको नेपालको भनाइ छ।

Advertisement

तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ’प्रचण्ड’ पक्षका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। 

प्रदेश सभा सदस्य अरुण नेपालसहित माधव नेपाल पक्षका सबै एमाले सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन्।