November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक सुरु

3.1K

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। काठमाडौंको कंलकीस्थित एक पार्टी प्यालेसमा नेपाल-खनाल पक्षको बैठक जारी छ।

बैठकमा नेपाल-खनाल पक्षका केही केन्द्रीय सदस्य पनि सहभागी छन्। खनालबाहेक यो समूहका सबै नेता बैठकमा सहभागी छन्। खनाल पनि आउँदै गरेको नेताहरूले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल-खानल पक्षले स्थायी कमिटी बैठक बोलाएर छलफल गर्न जुटेका हुन्।

Advertisement

आजको बैठकले पार्टीमा वारपार हुनेगरी निर्णय गरेर जाने बुझिएको छ। नेपाल-खनाल पक्षले छुट्टै पार्टी बनाउने वा माओवादी केन्द्रसँग एकता गर्ने भन्दापनि एमालेमै रहेर समानन्तर कमिटी बनाएर जाने योजना बनाएका छन्।

नेपालले सोमबारै सार्वजनिक रुपमै पार्टीभित्रै समानन्तर कमिटी बनाएर गलत प्रवृत्तिकाविरुद्ध लड्ने बताएका थिए।