November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

केपी ओलीलाई निलम्बन गर्ने अधिकार नै छैनः माधवकुमार नेपाल

2.7K

काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई पार्टीको सदस्यताबाट निलम्बन गर्ने अधिकार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नभएको दाबी गरेका छन्।

नेपाल र एमाले उपाध्यक्ष रावललाई सदस्यताबाट निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘मैले अहिलेसम्म त्यस्तो पत्र पाएको छैन, त्यसबारे जानकारी छैन’, नेता नेपालले भने, ‘त्यसो हो भने पनि त्यसको कुनै अर्थ छैन, केपी शर्मा ओलीलाई यो अधिकार छैन।’

Advertisement

उनले ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहेको दाबी गरे। ‘नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई पार्टीले हटाइसकेको छ, उहाँ अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो’, नेपालले भने, ‘एउटा गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न सक्दैन, त्यसकारण यो कारवाही वा निलम्बनको कुनै अर्थ छैन।’