November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्पष्टीकरण बुझाउने तयारीमा माधव नेपालसहित चार नेता

3.5K

काठमाडौं–एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका चार नेताले स्पष्टीकरण बुझाउने तयारी गरेका छन्। राजनीतिक रूपमा जवाफ दिन तयार रहेको भन्दै नेपाल सहितका नेताहरूले स्पष्टीकरणको तयारी गरेको  नेपाल पक्षका नेता रघुजी पन्तले बताए।

बुधवार नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरूको बैठक बसेको थियो। बैठकमा आगामी रणनीति तथा स्पष्टीकरणको विषयमा छलफल भएको बताइएको थियो।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टीको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको थियो।

Advertisement

अध्यक्ष केपी शर्मा ओली पक्षले मागेको स्पष्टीकरणको जवाफ केही दिनभित्रै दिने तयारी भएको पन्तको भनाइ छ।