November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना

3.8K

काठमाडौं– पछिल्लो केही समयदेखि पश्चिमी वायुको प्रभावका कारण अधिकांश स्थानमा आंशिक बदली देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका केही भूभागमा केही भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।

Advertisement

राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही । प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।