November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘कांग्रेस नेतृत्व लोकतान्त्रिक हुन सकेन’

2.2K

दाङ–लोकतन्त्रको रक्षाका लागि पहिले पार्टी लोकतान्त्रिक हुन आवश्यक रहेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन्। नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो उनले गर्दै आफ्नै कारण देशमा राजनीतिक अन्योल देखिएको बताए।

देशमा देखिएजस्तै अवस्था अहिले कांग्रेसभित्र पनि सिर्जना भएको उनको भनाइ थियो। दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा नेता पौडेलले देशको राजनीति अहिले अप्ठ्यारो परिस्थितिमा पुगेको बताए। प्रमुख प्रतिपक्षी दलको हैसियतले राजनीतिलाई सही दिशा दिन कांग्रेसले ठोस कदम चाल्नुपर्ने बेला पार्टी नै अलमलमा परेको उनको भनाइ थियो।

सत्ताभन्दा व्यवस्था महत्त्वपूर्ण रहेको बताउँदै नेता पौडेलले यसको रक्षाका लागि कांग्रेसले सही निर्णय गर्नुपर्ने बेला आएको बताए। देश अहिले अन्यौलमा फसेको र अब के हुन्छ भन्ने अन्यौललाई चिर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्नेमा उनले जोड दिए।

Advertisement

आफूले सधैँ नीतिगत कुरा गर्दै आएको बताउँदै उनले विगतमा पनि सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको खुलेर विरोध गरेको दाबी गरे।