November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओलीले आयोजना गरेको चियापानमा नेपाल पक्ष नजाने

2K

काठमाडौं–प्रधानमन्त्री तथ नेकपा अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नजाने भएको छ। नेपाल पक्षले यसअघि नै बालुवाटारमा हुने कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरिसकेको छ।

सर्वाेच्चको फैसलापछि  पुरानै अवस्थामा फर्किएको नेकपा एमालेमा अध्यक्ष ओलीले पदाधिकारी विघटन गरी आफूखुसी गरेसँगै पार्टी फुटको संघारमा पुगिसकेको छ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै एकताबद्ध भएर जाने प्रयासस्वरुप मंगलबार पार्टी कार्यालय  धुम्बाराहीमा बसेको दुई पक्षबीचको बैठक बिना निष्कर्ष टुंगिएको छ।  

Advertisement