November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘मैले जुन अपेक्षा गरेको थिएँ, त्यो अपेक्षा पूरा भएन’: घनश्याम भुसाल

5K

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले सोमबारको छलफलबाट आफूले गरेको अपेक्षा पूरा नभएको प्रतिक्रिया दिएका छन्।

‘आजको बैठकबाट व्यक्तिगत रुपमा मैले जुन अपेक्षा गरेको थिएँ, त्यो अपेक्षा पूरा भएन’, उनले भने। 

उनले फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले आफूसँग रहेका केही नेताहरुलाई बोलाएर गरेको गरेको निर्णयबाट पछिल्लो विवाद सुरु भएको बताए।

Advertisement

‘हाम्रो प्रस्ताव थियो, यस बीचमा जे गर्‍याैं, त्यसलाई शून्यमा राखौं र पूर्ववत् अवस्थाबाट सुरुवात गरौं’, उनले भने, ‘त्यसमा कुरा मिलेन।’

भुसालले अध्यक्ष ओलीले बोलाए भने यस्तो खालको छलफलले निरन्तरता दिने बताए। ‘भेट भयो राम्रो भयो’, उनले भने, ‘तर कुराकानी र अजेन्डाको हिसाबले सार्थक भएन।’