November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

धुम्बाराही छलफलमा को-को छन् सहभागी?

2.5K

काठमाडौं- नेकपा (एमाले)  पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। पार्टी कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा दुवै पक्षका गरी एक दर्जन नेताहरु सहभागी भएका हुन्।

छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा सुवास नेम्वाङ सहभागी भएका छन्। त्यस्तै, माधवकुमार नेपाल पक्षबाट उनीसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी भएका छन्।

बैठकमा सहभागी हुन ओलीले  नेपाल पक्षलाई सार्वजनिक रुपमै अपील गरेका थिए। बैठकमा सहभागी नभए विधान अनुसार गर्ने भनेर कारबाहीको चेतावनी समेत दिएका थिए।

Advertisement