काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपाल एमाले कार्यालय धुम्बाराही पुगेका छन्।
केहीबेरपछि एमालेको ओली समूह र नेपाल समूहबीच छलफल हुँदैछ। फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि पहिलोपटक दुवै पक्षका नेताहरुबीच औपचारिक छलफल हुन लागेको हो। यसअघि दुवै समूहले आ–आफ्नो पक्षको भेला र बैठक गर्दै आएका थिए।
एमाले वरिष्ठ नेता नेपालसँगै नेताहरू सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र प्रदीप ज्ञवाली पनि धुम्बाराही पुगेका छन्। यसअघि सुवासचन्द्र नेम्वाङ धुम्बाराही पुगिसकेका थिए। प्रधानमन्त्री ओली भने पुगिसकेका छैनन्।