November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल-खनालबीच भेटवार्ता हुदैँ

3.7K

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवमं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल हुने भएको छ।

सोमबार बिहान ११ बजे दुवै पक्षका नेताहरु बीच छलफल हुन लागेको हो। यी नेताहरूबीच गत कात्तिक २५ गते भेटवार्ता भएको थियो त्यसपछि अहिले भेटवार्ता हुन लागेको हो ।

नेकपा कार्यालय सचिव ईश्वरी रिजालका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा हुने भेटमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुँदैछन्।

Advertisement

प्रतिनिधि सभा विघटनपछि विभाजित भएका नेता एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा बस्दै छन्।