काठमाडौं – नेपाली कांग्रेसका सांसद मोहन प्रसाद पाण्डेले पथ तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रतिनिधिसभामा समानुपातिक तर्फ रिक्त पदमा आज पाण्डेले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो । पाण्डेले आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा मार्फत सपथ ग्रहण गरेका हुन्। सांसद सूर्य बहादुर केसीको गत कात्तिक १७ मा निधन भएपछि एक पद रिक्त भएको थियो।
कांग्रेसले पाण्डेको नाम निर्वाचन आयोगमा पठाएको र निर्वाचन आयोगले संसद सचिवालयलाई पाण्डेलाई रिक्त पदमा सपथ ग्रहण गराउन जानकारी गराएपछि आज सपथ भएको हो।