लण्डन – बेलायतका लागि नवनियुक्त राजदूत महामहिम लोशदर्शन रेग्मीले बेलायतवासी नेपालीहरुको मनको कुरा महशुस गरेको बताएका छन् । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेद्वारा गत मार्च ९ मा आयोजित नयाँ राजदूतसंगको साक्षात्कार कार्यक्रममा मन्तव्यका क्रममा उनले आफुले बेलायतवासी नेपालीका सबै कुराहरु महशुस गरेको बताएका हुन् ।
नेपालसँग बेलायतको २०० वर्ष सम्मको दैत्य सम्बन्ध कायम गर्न र इतिहासको विरासत बोकेका दुई देशको सम्बन्ध प्रगाढ बनाउन, नेपालको विकासमा एउटा महत्वपूर्ण साझेदार देशको रुपमा रहेको बेलायतको सम्बन्धलाई अझै बृहत्तर बनाउन र नेपालमा लगानीका सम्भावनाहरुसँग सँगै नेपाली गोर्खाहरुको कथाले पनि विशेष सम्बन्ध भएको देशमा नेपाल राज्यको प्रतिनिधित्व गरेर प्रमुख जिम्मेवारी निभाउनको लागि पद वहाली गर्नु भएका महामहिम राजदुत लोकदर्शन रेग्मी ज्यूलाई कार्यक्रमा स्वागत तथा अभिवादन गरिएको थियो ।
गैर-आवसीय नेपाली संघ एउटा प्रवासी नेपालीहरुको साझा संगठन र छाता संगठनको रुपमा कृयाशिल भैरहदा विदेशमा रहेका कुटनीतिक नियोगहरु दुतावासहरुसँग सहकार्य र समन्वय गर्दै नेपाल-नेपालीका हितका लागि र प्रवासमा बस्ने नेपाली समुदायको हितका लागि कृयाशिल रहँदै आएको छ । भर्खरै आफ्नो कार्यकाल सकाएर नेपाल फर्किनु भएका राजदुत दुर्गा बहादुर क्षेत्रीसँग र त्यसभन्दा पहिलेका राजदुतहरुसँग पनि गैर-आवसीय नेपाली संघ बेलायतले सहकार्य र समन्व्य गर्दै आएको थियो।
कार्यक्रमा नवनियुक्त राजदूत रेग्मीले नेपाल सरकारको नियुक्ति र बेलायतवासी नेपालीहरुको शुभेक्षाको आधारमा आफुले बेलायतका लागि नेपाली राजदुतको जिम्मेवारी पाएको स्पष्ट पार्दै नेपाल र नेपालीको हितमा बेलायतवासी प्रवासीको सहकार्य , विकास, सभ्यता र संस्कृतिको लागि भुगोलका सिमाहरु भन्दा पनि अझ माथि उठेर आफुलाई समर्पित गराउने विश्वास दिलाए । “हामी नेपाल सरकारले संरक्षकको भुमिकामा, अभिभावकको भुमिकामा, प्रवद्र्धकको भुमिकामा र जुन–जुन भमिका सरकारले निर्वाह गर्नुपर्ने छ त्यो भुमिकाबाट बेलायतमा रहनु भएका तमाम गैर-आवसीय नेपालीहरुलाई सबै प्राप्त हुनेछ, त्यो प्राप्त गर्नका लागि चौबीसै घण्टा सरकारको तर्फबाट पाउनुपर्ने कुरामा साथ रहनेछ र त्यसका लागि दुतावास कहिल्यै निदाउने छैन ।”
नेपाल सरकार र बेलायत सरकारको बिचमा नेपाल–बेलायतको सम्बन्धको बहु-आयामिक पक्षहरुमा आफुले थप समृद्ध बनाउनको लागि कुनै कसर बाँकि नराख्ने बताए । कार्य गर्दै गर्दा एनआरएनए गैरआवसीय नेपाली संघ जस्तो संस्था जन्माउनका लागि पूर्वजहरुले जुन भुमिका र संस्थाको जिम्मेवारी निभाएको आफुले नजिकबाट देखेको दाबी गर्दै आफुले यसको महत्व बुझेको बताए । नेपाल–नेपाली र तमाम गैर-आवसीयको हितमा अझ बढवा लिएर जानको लागि सरकारको तर्फबाट र राजदुतावासको तर्फबाट कुनै पनि कमि हुन नदिने प्रतिबद्धता गरे ।
दुई देश बीचको सम्बन्धका बहु-आयामहरुलाई र त्यस अन्तर्गत रहेका नेपालीको हित प्रवद्र्धन हुने कार्यहरुमा गैर-आवसीय नेपाली संघ बेलायतबाट सदा समन्वय र सहयोग हुने आफ्नो विश्वास रहेको बताए । सहकार्य गरेर नै विकास, सम्भावना र अवसरको ढोका खोली अगाडि बढ्ने उनको भनाई छ । आफ्नो जिम्मेवारी सम्हालेपछि बेलायतसँग आफ्नो औपचारिक सम्पर्क गैरआवसीय नेपाली संघलाई सत्कार गर्दै नेपाल र नेपालीको दुतावासबाट हुने सम्पूर्ण कार्यहरु गर्नका लागि पूर्ण साथ रहने समेत जानकारी गराए ।
आफु जहाँ रहेपनि नेपाल र नेपालीको हित बाहेक अन्य विषय नहुने बताए । “सुख मा पनि, दुःखमा पनि, अवसरमा पनि र समस्यामा पनि सँगै कार्य गरेर सफलता हासिल गर्ने छौँ ।” विकास, सभ्यताको र जीवन जगतको हितका लागि भौगोलिक सिमालाई बिर्सेर पनि कतिपय अवस्थामा काम गर्ने कार्यमा आफ्नो साथ सहयोग सधै रहने प्रष्ट पारे । आर्थिक विकास र त्यो संग जोडिएका लगानी, पर्यटनसहित विशिष्ट प्रकृतिका विषय सम्बोधन गर्न सहकार्य गरेर निरन्तर लागिरहने प्रण उनले गरे ।
“अहिलेको सन्दर्भमा आर्थिक विकास र त्यो सँग जोडिएका लगानीका विषय कतिपय विशिष्ट विकृतिका सम्बोधन खोजि रहेका समस्या जस्ता विषयमा सहकार्य गरी दुवै पक्षको हितमा सफल हुन सक्ने मेरो विश्वास छ ।” आफुले जीवन्त सम्बन्धका रुपमा काम गर्दै जाने विश्वास दिलाउँदै स्वागत कार्यक्रमा राखेकोमा एनआरएन यूके लाई धन्यवाद समेत व्यक्त गरे ।
सन् १९६६ मा स्याङ्जामा जन्मिएका राजदूत रेग्मी १ मार्च २०२१ म संयुक्त अधिराज्यका लागि नेपाली राजदुतका रुपमा नेपाली राजदुतावास लण्डनमा पद वहाली गरेका हुन् । सन् २०१७ अक्टोबर देखि सन २०२० अक्टोबर सम्म नेपाल सरकारको मुख्य सचिवको रुपमा जिम्मेवारी बहन गरे भने नेपाल सरकारको सचिवको रुपमा विभिन्न महत्वपूर्ण कार्य गरेका थिए । सन् २०१४ देखि सन् २०१५ सम्म भुमिसुधार तथा व्यवस्था सचिवको रुपमा सन् २०१५ देखि सन् २०१६ सम्म अर्थ सचिव र सन् २०१६ देखि २०१७ सम्म गृहसचिवको रुपमा भूमिका निर्वाह गरेका थिए । शाखा अधिकृतको रुपमा सन् १९५५ बाट निजामति सेवामा प्रवेश गरेका रेग्मी उपसचिव तथा सह–सचिवको रुपमा विभिन्न मन्त्रालय र विभिन्न विभागमा पनि जिम्मेवारी बहन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संयुक्त राज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी थिए भने विशेष अतिथिमा नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल थिइन् । त्यसैगरी गैर-आवसीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् बेलायत र विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।