April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेतृत्वले विवेक गुमाउँदा विवाद तल्लो तहसम्म पुग्यो : शंकर पोखरेल

2.6K

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नेतृत्वले आफ्नो स्वार्थको कारणले विवेक गुमाएपछि पार्टीभित्र समस्या आएको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक स्वार्थको कारणले यतिवेला नेकपा फुटको संघारमा पुगेको छ। नेतृत्वको विवादले गर्दा पछिल्ला समयमा जिल्ला तहसम्म नै त्यसको प्रभाव देखिन  थालेको छ। 

Advertisement

चितवनमा एक कार्यक्रममा बोल्दै गर्दा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर मुख्यमन्त्री पोखरेलले नेतृत्वको कमजोरी औल्याएका हुन्। 

‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ’ उनले लेखेका छन्। 

शनिबार नेता पाण्डेविरुद्ध प्रधानमन्त्री ओली निकट कार्यकर्ताले नाराबाजी गरेका थिए। नेता पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल निकट हुन्।